 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकले आउँदै गरेको अन्तर्राष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोल्ने सम्पूर्ण महिला ग्राहकलाई प्रदान गर्दै आइरहेको लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ।
आफ्नो बहुमूल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षित राख्न भरपर्दो गरिमा विकास बैंकको लकर सुविधाअन्तर्गत लकर डिपोजिटमा २५% र वार्षिक लकर शुल्कमा ५०% (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो। बैंकका ग्राहकले न्युरोड शाखा (काठमाण्डौ), कुमारीपाटी शाखा (ललितपुर), सूर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), बगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछ।
बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो सेयर बचत खाता खोल्ने सम्पूर्ण नारी ग्राहकले उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ।
हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा दिँदै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19