काठमाण्डौ । नयाँ वर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई थप सुविधा प्रदान गर्नका लागि गरिमा विकास बैंकले पर्यटकीयस्थल पोखराको प्रख्यात होटेल पोखरा बाटिका– क्लासिक होटेलसँग विभिन्न सेवासुविधाहरुमा आर्कषक छुटका लागि सम्झौता गरेको छ। 

सम्झौताअनुसार गरिमा विकास बैंकका ग्राहकलाई उक्त होटेलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २० छुट, फुड एण्ड वेभरेजमा १५ छुटका साथै अन्य सेवासुविधामा आकर्षक छुट प्रदान गर्नेछ। बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले उक्त होटेलबाट छुट सुविधाहरु लिन सक्नेछन्। 

हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।