काठमाण्डौ । गरिमा विकास विकास बैंकले काठमाण्डौको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको छ।
सम्झौताअनुरुप ब्लुक्रस हस्पिटलले गरिमा विकास बैंकका मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्ताहरुलाई स्टान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिनिङ प्याकेजमा ४५% सम्मको छुट प्रदान गर्नेछ। यसका साथै अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे छ।
ग्राहकले छुटसम्बन्धी विस्तृत जानकारी गरिमा विकास बैंकको आधिकारिक वेबसाइटबाट पनि हेर्न सक्नेछन्।
हाल बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय एवं ५१ एटीएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैंकिङ सेवा दिँदै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19