काठमाण्डौ । नेपालकै प्रतिष्ठित ५ तारे होटेल ‘सोल्टी होटेल’ र गरिमा विकास बैंकबीच होटेलले उपलब्ध गराउने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रअनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाण्डौमा अवस्थित द सोल्टी काठमाण्डौ र नेपालगन्जस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एन्ड वेभरेजमा आकर्षक १०% छुट पाउन सक्नेछन्।
हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैंकिङ सेवा दिँदै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago