काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको गरिमा विकास बैंकले काठमाण्डौको माछापोखरी शाखाको समन्वयमा कामनपा–१६ बसन्तनगरको तारकेश्वरधाममा क्रियापुत्री घर–कम्पाउन्डमा आवश्यक १०० लिटरको १० थान र ३२ लिटरको २० थान गरी जम्मा ३० थान डस्बीन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ। 

त्यस्तै स्याङ्जाको वालिङ शाखाको समन्वयमा वालिङ वहुमुुखी क्याम्पसलाई बैंकका पूर्वअध्यक्ष दिलीपप्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ।

हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।