 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकका ग्राहकले पर्यटकीय जिल्ला चितवनको भरतपुरस्थित सिराईचुली होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा आकर्षक छुट पाउने भएका छन्।
बैंकले ती दुवै संस्थासँग त्यहाँबाट प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड र गरिमा डिजी बटुवा प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले सिराईचुली होटलबाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एन्ड बेभरेजमा १०% छुट पाउनेछन्।
यसका साथै एनपिआई नारायणी सामुदायिक अस्पतालको विभिन्न सेवामा गरिमा विकास बैंकका ग्राहकले आर्कषक १०% छुट प्राप्त गर्ने छन्।
बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19