काठमाण्डौ । गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्लेरन अटोमोटिभको अफिसियल पार्टनर बनेको छ। 

यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डस्ट्री एक्सपर्टिज, उच्चस्तरीय उत्पादन तथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको गल्फ लुब्रिकेन्टले जनाएको छ। यसले विजयी फर्मुलालाई परिस्कृत गर्ने अपेक्षा कम्पनीले लिएको छ। 

गत जुलाई ३१ बाट सुरु भएको ब्रिटिस ग्य्रान्ड प्रिक्सदेखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको कम्पनीले जनाएको छ। 

गल्फ नेपालको सबैभन्दा बढी लोकप्रिय लुब्रिकेन्ट ब्रान्ड हो। नेपाल ल्युब आयल लिमिटेड नेपालका लागि गल्फ लु ब्रकेन्टको आधिकारिक उत्पादक एवं बिक्रेता हो। मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई उत्कृष्टताको नयाँ उचाइमा पुर्याउने कम्पनीले विश्वास लिएको छ।