काठमाण्डौ। नेपालमा ३८ वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्ज र दाङमा नयाँ शोरुम खोलेको छ। 

नेपाल ल्युब आयलले नेपालगन्जमा आफ्नो आधिकारक बिक्रेता रवि ट्रेडर्स र दाङमा आफ्नो आधिकारक बिक्रेता मध्यपश्चिम सप्लायर्सको नयाँ शोरुम उद्घाटन गरेको छ। ग्राहकलाई उच्च सेवा प्रधान गर्न यी नयाँ शोरुमहरु सञचालनमा ल्याइएको कम्पनीले जनाएको छ। 

ती शो शोरुमहरुको उद्घाटन नेपाल ल्युब आयलका अध्यक्ष अरुण चौधरीले गरेका छन्। ‘गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय ब्रान्ड हो, जुन उच्च क्वालिटीका लागि प्रख्यात छ’, चौधरीले भने, ‘नेपाली बजारमा गल्फ सर्वाधिक बिक्री हुने लुब्रिकेन्ट ब्रान्ड हो।’

नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराईले भने, ‘यी नयाँ शोरुमहरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादनहरु ग्राहकमाझ उपलब्ध गराउने छौँ र ग्राहकले पनि उच्चस्तरीय लुब्रिकेन्ट प्रयोग गर्नपाउने छन्।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो। यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।