 
                     
                                    काठमाण्डौ । नेपालमा ३८ वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट ‘च्लोन्जेज इग्निटिज सक्सेस’ नारामा सम्पन्न गरेको छ।
दुईदिने कार्यक्रममा नेपालभरि रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेसनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रमको उद्देश्य डिलरहरुलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पंक्तिबद्ध गर्ने थियो। कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो।
कार्यक्रममा नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरुले एक वा अर्को समस्याको सामना गर्दै आएका छन्, यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरुको अथक प्रयास र इनोभेसनका कारण हामी नेपालकै सर्वाधिक बिक्री हुने ब्रान्ड भइराखेका छौँ। म हाम्रा सबै डिलर र टिमको प्रयासका लागि आभारी छु। जसले यो सम्भव बनाएको छ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19