काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ।  

गत पुस ९ देखि १३ सम्म चलेको क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो। स्वराज ट्रयाक्टरका ग्राहकलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो। 

ट्रयाक्टरधनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क बडी चेकअप र रक्तचाप जाँच पनि गरिएको थियो। क्याम्पमा सहभागी सबै ट्रयाक्टरधनी तथा ड्राइभरलाई उपहारस्वरुप गल्फको टी–सर्ट, की–रिङ र डटपेन प्रदान गरिएको थियो। 

क्याम्प नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारिक ओईएम सेल्स पार्टनर राजेश ट्रेडर्स एन्ड सप्लायर्सको संयुक्त आयोजनामा भएको हो।  

कम्पनीका अनुसार स्वराज ट्रयाक्टरका ग्राहकलाई थप इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो क्याम्पको आयोजना गरिएको हो। क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टरधनी सहभागी थिए। ग्राहकको यो उत्साहले थप प्रेरणा मिलेको कम्पनीले जनाएको छ। 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो। यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ। 

नेपालमा गल्फ ब्रान्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ।