काठमाण्डौ । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता डा. मिनेन्द्र रिजालले जित हासिल गरेका छन् । 

पूर्व संचारमन्त्री रहेका नेता डा. रिजालले मोरंगको क्षेत्रनम्बर २ बाट १८०० मत अन्तरले बाम गठबन्धनका उम्मेद्वारलाई हराउँदै जित हासिल गरेका हुन् । 

डा. रिजालले ३५ हजार ८ सय १९ मत ल्याएर जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिदन्दी एमालेका पूर्व सांसद ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरे । 

चुुनावमा डा. रिजालले आफूलाई गिरिजाको उत्तराधिकारीको रुपमा प्रस्तुत गरेका थिए । उनको चुनावी अभियानमा सहयोग गर्न गिरिजापुत्री सुजाता कोइराला समेत मोरंग पुुगेकी थिइन् । 

कोइराला परिवारसँग निकट डा. रिजालको जितले कांग्रेसलाई केही पनि राहात मिल्ने देखिन्छ । 

अर्कोतर्फ, कांग्रेसको गत महाधिवेशनमा झिनो मतअन्तरले बल्लतल्ल केन्द्रीय सदस्यमा जितेका डा. रिजालले यो जितसँगै पार्टीमा समेत बलियो पकड बनाउनसक्ने देखिएको छ । उनलाई लामो समयदेखि देउवा गुटले खेदो गर्दै आएको थियो ।