काठमाण्डौ । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।
यही असोज २२ गतेदेखि असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक तथा स्कुटीमा फ्री सर्भिस दिन लागेको हो। आफ्नो वर्कसप सानोभर्याङमा असोज २५ गतेसम्म टीभीएस बाइक तथा स्कुटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्री सर्भिसिङ हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय गिरीले जानकारी दिए।
उक्त अवधिभर ग्राहकले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअपमा सतप्रतिशत छुट प्राप्त साथै विभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन्। टीभीएसका ग्राहकले उक्त सेवा लिन गिरी ब्रदर्स अटोपाटर्सको कार्यालय वर्कसप सानोभर्याङमा गई सेवा लिन सक्ने निर्देशक गिरीले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19