काठमाण्डौ । गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रा.लि. ले रु. २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 

नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उनका कान्छो भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेशबाबु श्रेष्ठद्वारा उक्त रकम एक कार्यक्रमका बीच गोरखा बौद्ध समूहका अध्यक्ष  विष्णु बहादुर थापा मगरलाई हस्तान्तरण गरे ।