 
                     
                                
                             
                                    काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाण्डौको टोखा नगरपालिका–४ गोंगबुमा आफ्नो २४ औँ शाखा उद्घाटन गरेको छ।
मञ्जुश्री फाइनान्सका संस्थापक अध्यक्ष तथा नेपाल सरकारका पूर्वमुख्यसचिव एवं नेपालका तर्फबाट अमेरिकाका लागि राजदूत दामोदरप्रसाद गौतमले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन्।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्तापुँजी एवं रु. ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाइनान्सले रु. ११.६३ अर्ब निक्षेप संकलन गरी रु. ११.०२ अर्ब कर्जा परिचालन गरेको छ।
यसका साथै फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19