काठमाण्डौ । बहुप्रतिक्षित तथा बहुचर्चित गोरखा २ मा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच लुकामारी जारी छ । 

प्रारम्भिक मतगणनाको क्रममा नारायणकाजी श्रेष्ठले सुरुवाती अग्रता लिए पनि पछिल्लो परिणाममा भने डा. बाबुराम भट्टराईले अग्रता लिन थालेका छन् । 

बाम गठबन्धनबाट गोरखा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार भएका नारायणकाजी श्रेष्ठले ७६६ मत ल्याएका छन् भने कांग्रेसको समर्थनमा उम्मेद्वारी दिएका नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका डा. बाबुराम भट्टराईले ८३० मत ल्याएका छन् । 

यहाँको मतपरिणाम झन् झन् रोचक बन्दै जाने देखिएको छ ।