काठमाण्डौ । गोरखा २ को मतपरिणाम थप रोचक बन्दै गएको छ । यो क्षेत्रबाट माओवादीका नेता नारायणकाजी श्रेष्ठ बाम गठबन्धनको तर्फबाट र नयाँशक्तिका संयोजक बाबुराम भट्टराई लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा छन् । 

सुरुवातमा नारायणकाजी श्रेष्ठले अग्रता लिएका भए पनि त्यसपछि डा. भट्टराईले अग्रता हासिल गरेका थिए । तर, त्यहाँको ३८७२ मत गनिसक्दा नारायणकाजी श्रेष्ठले पुनः अग्रता लिएका छन् । 

जिल्ला निर्वाचन कार्यालय गोरखाका एक अधिकारीका अनुसार नारायणकाजीले १८२४ मत ल्याएका छन् भने उनलाई बाबुरामले १७८९ मतले पछ्याइरहेका छन् । 

यो क्षेत्रको मतपरिणाम थप रोचक बन्दै जाने देखिएको छ ।