काठमाण्डौ। गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष गौरव बुढाथोकीले मंगलबार सपथ ग्रहण गरेका छन्। 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले नवनियुक्त अध्यक्ष बुढाथोकीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। 

सपथ ग्रहण कार्यक्रममा कार्यकारी निर्देशक ढकालले नवनियुक्त अध्यक्षलाई बधाइ तथा शुभकामना दिँदै सुदृढ संस्थागत तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच अभिवृद्धि गर्न सुझाव दिए।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको ४३१ औँ बैठकले सञ्चालक बुढाथोकीलाई आगामी ४ बर्ष कार्यकालका लागि अध्यक्ष पदमा चयन गरेको थियो।

फाइनान्सले निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ, एबीबीएस सेवा, चेक बुक, कनेक्ट आईपीएस तथा रेमिटेन्स सेवा दिँदै आएको छ। हालसम्म फाइनान्सले मुख्य कार्यलयसहित २६ वटा शाखा कार्यलय र एउटा एक्सटेन्सन काउन्टर गरी जम्मा २७ वटा कार्यालयबाट सातैवटा प्रदेशमा ग्राहकलाई सेवा–सुविधा दिँदै आइरहेको छ।