काठमाण्डौ । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ।
यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सेल इको म्याराथनमा भाग लिएको थियो।
विद्यार्थीले आवश्यक सीपअनुसार टोली निर्माण गर्ने, प्रायोजकहरु खोज्ने, कार्यस्थललाई अन्तिम रुप दिने आदिजस्ता प्रारम्भिक गतिविधिबाट काम सुरु गरेका थिए। फेब्रुअरी २०२२ सम्म टोलीले सवारीसाधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको हो।
अनेकन टेस्ट राइडहरुपछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ। सबै नियमहरु पलना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेसनहरुअनुसार गाडी बनाइएको हो।
‘मैचा’ को ब्याट्रीले १ केडब्ल्यूएच चार्जबाट १५० किलोमिटरसम्मको रेन्ज दिन्छ। मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ। उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवर्द्धन गर्नु हो। यसका साथै उनीहरु सेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो ईभी (विद्युतीय सवारी) टोली हुन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19