काठमाण्डौ। नेपाल बिज्ञापन संघ (आन) ले २०६० सालदेखि सुरु गरेको नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डसको १२औँ संस्करण ‘गोल्डेन ओक कृति अवार्डस्–२०७९’ यस वर्ष भदौ २६ गते हुने घोषणा गरिएको छ।
यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिस्टिलरी लिमिटेडको गोल्डेन ओक ब्रान्ड रहेको छ। राजधानीमा बुधबार आयोजिक घोषणा समारोहमा संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेका छन्।
आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण बिगत २ वर्ष हुन सकेको थिएन। कृति अवार्डस् विज्ञापन क्षेत्रलगायत सम्र्पूण मिडिया र विज्ञापनदाताहरुको सामूहिक उत्सवका रुपमा आयोजना गर्नेे गरिएको छ।
कार्यक्रममा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले मुलुककै समग्र सञ्चार क्षेत्रको समसामयिक व्यावसायिक परिस्थिति झल्काउने यस प्रतिष्ठित कार्यक्रममा आफ्नो समूहलाई सहभागी गराउन पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने बताए।
त्यसैगरी नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले प्रमुख प्रायोजक हिमालयन डिस्टिलरी र गोल्डेन ओक ब्रान्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यबाद व्यक्त गर्दै भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजबीचमा सहकार्य रही रहने विश्वास व्यक्त गरे।
१२औँ कृति अवार्डसमा २०७६ वैशाख १ देखि २०७८ चैत मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रवर्द्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिनेछ। संघका सदस्य एजेन्सीहरुले २०७९ साउन ५ गतेदेखि भदौ ४ गतेसम्म मनोनयन दर्ता गर्न सकिने कुरा पनि संघले जनाएको छ।
सिर्जनशीलताका लागि प्रतिस्पर्धात्मक सम्मानका रुपमा आयोजना हुँदै आएको कृति अवार्डसको १२औँ संस्करणमा विज्ञापन सिर्जनशीलता सम्बद्ध मेन स्ट्रिम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी विभिन्न ३१ विधामा पुरस्कृत गरिनेछ।
कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मूल्यांकनका लागि सूचना, सञ्चार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्राडा विजय केसी, प्राडा भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ। यसका अतिरिक्त विभिन्न विधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा विशेषज्ञहरुसहित करिब २५ जना संलग्न हुने छुट्टाछुट्टै निर्णायक समितिहरु रहनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19