काठमाण्डौ । नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्रान्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीलाई हाँसोको नौलो सँगालो दिने तयारी गरेको छ। यसका लागि गोल्डेन ओकले ल्याउँदैछ विभिन्न सहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’।
गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाललगायतले सम्पूर्ण दर्शकका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति गर्नेछन्।
गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा यही साउन २० गते, दमकमा साउन २१ गते, इटहरीमा साउन २२ गते, विराटनगरमा साउन २३ गते र धरानमा साउन २४ गते पूरै उत्साहका साथ आयोजित हुनेछ। जसमा दर्शकहरुको अभूतपूर्व जमघट हुने आयोजकको अपेक्षा छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19