काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डेन ओक १२औँ कृति अवार्डस २०७९ को विभिन्न ३१ वटा विधामा परेको ४२५ मनोनयनमध्ये हरेक विधामा उत्कृष्टताको उच्चतम ५ वटासम्मका मनोनयनहरु आज होटेल याक एन्ड यतीमा आयोजित एक समारोहबीच घोषणा गरिएको छ। 

कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीको उपस्थिति थियो। 

विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीको साझा कार्यक्रम गोल्डेन ओक १२औँ कृति अवार्डस २०७९को तीन शीर्षकमध्ये मेनस्ट्रिमअन्तर्गतका विधामा उत्कृष्ट–५ तथा टेक्निकल र क्याम्पेन शीर्षकअन्तर्गतका विधाहरुमा उत्कृष्ट–३–३ छनौटहरुको आज घोषणा गरिएको हो। यस गोल्डेन ओक १२औँ कृति अवार्डसमा ३१ वटा विधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए।

गोल्डेन ओक १२औँ कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डेन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ। त्यसैगरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ पार्टनरका रुपमा मुक्तिनाथ विकास बैंक, ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आईटीपीएप., प्रभु बैक, सफ्टी हाइजिन, सेल पे र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। 

गोल्डन ओक १२औं कृति अवार्डस २०७९को मूल समारोह होटेल सोल्टीमा भाद्र २५ गते शनिबार हुँदैछ। कृतिको टप फाइभ नोमिनेसनको कार्यक्रमको प्रायोजन अनलाइन खवर डट कम र हिमालय टीभी एचडीले गरेका थिए। कार्यक्रममा बाहौँ कृतिका ट्राभल पार्टनर-गुरु ट्राभल्स र आनबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।