काठमाण्डौ । नेपालकै सबैभन्दा लोकप्रिय उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना ग्राहकका लागि उत्कृष्ट गुणस्तरका उत्पादनहरु ल्याउने आफ्नो निरन्तर प्रयासद्वारा ग्लोबल नम्बर १ टीभी ब्रान्डका रुपमा आफ्नो स्थान लगातार १७ वर्षदेखि कायम राखेको छ। यो वर्ष सामसङ नेपालले सामसङ टीभीहरुमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ। यो वारेन्टी यस वर्षको अन्त्यअघि सामसङको आधिकारिक आउटलेटहरुबाट खरिद गरिएको सामसङ टी, ए, बी र सी–सिरिज टीभी सेटहरुमा लागू हुनेछ।
सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले भने, ‘यस अफरमार्फत हाम्रा ग्राहकलाई हामीले पूर्ण शन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गर्न पाउँदा हामीलाई पनि ठूलो आनन्द मिलेको छ। यो ३ वर्षको वारेन्टी अफरले सबै सामसङ टीभी ग्राहकलाई चिन्ता–मुक्त आश्वासन प्रदान गर्नेछ र यो अफर सकेसम्म धेरै उपभोक्तालाई प्रदान गर्न पाउने आशा गर्दछौँ।’
यो अफर क्यूएलईडी, फ्रेम, यूएचडी, एफएचडी टीभीजस्ता धेरै सामसङ टीभीको रेन्जहरुमा लागू हुनेछ। यो वारेन्टी अफर आउँदो अगस्ट १ देखि ३२ इन्चदेखि ८५ इन्चका सामसङ टीभीको उपलब्ध रेन्जहरुअन्तर्गत खरिद गरिएका टीभीहरुका लागि मान्य हुनेछ। यो अफर आउँदो डिसेम्बर ३१ मा समाप्त हुनेछ।
यो नयाँ वारेन्टी अफरमार्फत ग्राहकले बजारमा उपलब्ध गुणस्तरीय सामसङ टीभी सेटमा चिन्तामुक्त,गुणस्तरीय स्क्रिन टाइमको मजा लिन सक्नेछन् भनेर सामसङको विश्वास छ। यो अफर नेपालका लागि सामसङ टीभीहरुको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथि उल्लिखित टी, ए, बी र सी सिरिजका टीभीहरुमा मात्र लागू हुनेछ।
यस ३ वर्षको वारेन्टी अफरमा रिमोटहरु भने समावेश गरिएको छैन। रिमोट कन्ट्रोलहरुमा भने १ वर्षको वारेन्टी प्रदान गरिएको छ।
सामसङले परिवर्तनकारी सोचहरु र प्रविधिहरुका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ। कम्पनीले टीभी, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआई, फाउन्ड्री र एलईडीको संसारलाई पुनः परिभाषित गर्दछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago