काठमाण्डौ । एनसेलले ग्राहकका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता राखेको स्पष्ट पारेको छ।
केही सञ्चार माध्यममा ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै एनसेलले यस्तो स्पष्टोक्ति दिएको हो। ‘त्यस्ता समाचार हामी खण्डन र घोर भर्त्सना गर्दछौँ’, एनसेलले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो समाचारले नेपाली जनतालाई भ्रममा पार्न तथ्यलाई गलत ढंगले व्याख्या गरेको हाम्रो ठम्याइ छ।’
कम्पनीको प्रतिष्ठामा आँच पुरÞ्याउने गम्भीर प्रयास भएको र केही सीमित समूहको निहीत स्वार्थ पूरा गर्न कम्पनीलाई सिकार बनाइएको एनसेलले जनाएको छ। ‘यस्ता झुटा, आधारहीन, भ्रामक र असन्तुलित समाचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
यस्ता छन् एनसेलको स्पष्टोक्ति
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19