काठमाण्डौ । ग्रीन डेभलपमेण्ट वैंक लिमिटेडले आफ्नो कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ८, सभागृहचोकस्थित केन्द्रीय कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्र वैंक पोखराका निर्देशक, विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न वडा कार्यालयका वडाध्यक्षका साथै विभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए ।

उक्त समुद्घाटन समारोहमा वोल्दै मुख्य मन्त्री गुरुङले प्रदेश सरकारका नीति तथा कार्यक्रममा ग्रीन डेभलपमेण्ट वैंकले योगदान गर्ने विश्वास व्यक्त गरे । राज्यको संघीय सरकार अन्र्तगत पर्ने वैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारका कार्यक्रमहरुलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए । वैंकलाई गण्डकी प्रदेशको एकमात्र विकास वैंकको रुपमा विकास हुन शुभकामना दिदै गण्डकी प्रदेश सरकार र ग्रीन डेभलपमेण्ट वैंक बीच मित मितको सम्वन्ध कायम भएको समेत वताए ।

उक्त कार्यक्रममा वोल्दै नेपाल राष्ट्र वैंक पोखराका निर्देशक डिल्लीराम पोख्रेलले कुल ग्राहस्थ उत्पादनमा योगदान पु¥याउन प्रदेश स्तरका वैंकको उल्लेख्य भूमिका रहने हुँदा स्थानीय पर्यटन र उत्पादनलाई जोड दिनुपर्ने वताए । 

वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकले वागलुङ जिल्लावाट कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय स्थानान्तरण गरी वैंकको व्यवसाय वृद्धि सँगै स्थानीय पर्यटन, कृषि तथा स्थानीय उत्पादनसँग सम्वन्धित क्षेत्रमा कर्जा प्रवाह गर्नुका साथै वैंकले अत्याधुनिक वैकिङ सेवाहरु प्रदान गरिरहेको वताए । उक्त कार्यक्रममा डेभलपमेण्ट वैंकर्स एसोसियसनका उपाध्यक्ष तथा गण्डकी विकास वैंकका प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वलराम ढकाल लगायतले वैंकलाई शुभकामना प्रदान गरेका थिए । वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक प्रकाश कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

वैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम सेवा, कनेक्ट आईपिएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्धती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ । वैंकले छिट्टै नै नवलपुरको कावासोती र गैंडाकोटमा समेत शाखा विस्तार गर्न लागेको जनाएको छ ।