काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट वैंक लिमिटेड र पोखराको एकमात्र केवलकार कम्पनी अन्नपूर्ण केबलकार प्रालिबीच बिहीबार केबलकार शुल्कमा छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रबमोजिम ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा केबलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन्।सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले र केबलकार कम्पनीका तर्फबाट कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन्।
सम्झौतापत्र हस्ताक्षर समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले पोखराको पर्यटन विकासका लागि सञ्चालनमा ल्याइएको केबलकार सुविधा प्रयोग गरी बैंकका ग्राहकले पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा केबलकार कम्पनीका महाप्रबन्धक पौड्यालले पोखराको फेवाताल र सराङकोटका साथै हिमालको दृश्यावलोकनलाई ध्यान दिएर सुरु गरिएको केवलकार सेवाले पोखराको पर्यटनलाई टेवा पुर्याएको र ग्रीन डेभलपमेन्ट बैंकसँग सम्झौता गरी बैंकका ग्राहकलाई समेत सुविधा दिन पाउँदा कम्पनी खुसी भएको बताए।
बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहूँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयमार्फत आफ्ना विभिन्न आधुनिक बैंकिङ सेवासुविधाहरु प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago