काठमाण्डौ। पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको नवौँ वर्ष पार गरी दसौँ वर्षमा प्रवेश गरेको छ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवश मनाएको छ। बैंकले पोखरा महानगरपालिका–२८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समूहमा वृक्षरोपण कार्यक्रम, केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम र बागलुङ जिल्लाको हनुमान नाच संरक्षण परिषद् तथा रंकबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई आर्थिक सहयोग प्रदान गरेको छ।
रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा बैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको बैंकका कर्जा विभाग प्रमुख संयुक्तबहादुर ध्वाखाले बताए। बैंकले पोखरा–२८ मा भएको वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक वनको क्षेत्रमा तेजपात, कल्की, कपुर, पारिजात, अमला लगायतका अन्य विरुवाहरु रोपी कार्यक्रम सम्पन्न गरिएको थियो।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बागलुङ बजारको इतिहास बोकेको हनुमान नाच संरक्षण परिषद्लाई नगद रु, ३५ हजार तथा बागलुङ जिल्लाकै रंकबैंकटेश्वर मुक्तिनारायण मन्दिर कुँडुलेलाई रु.२५ हजार ५२५ आर्थिक सहयोग गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19