काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट वैंक लिमिटेड र पोखराको वाल मनोरञ्जन केन्द्रको रुपमा प्रसिद्ध फिस्टेल ड्रिमपार्कबीच बिहीबार टिकट शुल्कमा छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रबमोजिम ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम कार्ड वा मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्दा कबवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन्। सम्झौतामा बैंकका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले र ड्रिमपार्कका तर्फबाट पार्कका अध्यक्ष केदम केसीले हस्ताक्षर गरेका छन्। 

सम्झौतापत्र हस्ताक्षर समारोहमा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले पोखराको पर्यटन विकास तथा बाल मनोरञ्जनका लागि सञ्चालनमा ल्याइएको पार्कको मनोरञ्जन सुविधा प्रयोग गरी बैंकका ग्राहकले पर्यटन विकासमा थप टेवा पुर्याउने तथा भरपुर मनोरञ्जन लिने विश्वास व्यक्त गरे। 

सोही कार्यक्रममा पार्कका अध्यक्ष केसीले पोखरामा व्यवस्थित मनोरञ्जन पार्कको अभाव रहेको बेला आफूहरुले ड्रिम पार्कको सञ्चालन गरेको र ग्रीन डेभलपमेन्ट बैंकसँग सम्झौता गरी बैंकका ग्राहकलाई समेत सुविधा दिन पाउँदा पार्क खुसी भएको बताए।

बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहुँ र नवलपुरका विभिन्न स्थानमा रहेका १६ वटा शाखा कार्यालयमार्फत आफ्ना विभिन्न आधुनिक बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको छ।