काठमाण्डौ। दसैँतिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रालिको इकाइ) ले  नयाँ र आर्कषक अफर ल्याएको छ। 

ग्लोकल शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यावसायिक संस्था हो। विगत लामो समयदेखि युवावर्गको सीप विकास गर्न  र आफ्नो रुचि भएको विषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धा आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ। ग्लोकल एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो।

ग्लोकल आफ्टर स्कुलले विभिन्न विषयमा ‘ह्वाइल आइसोलेटेड, लेट्स गेट स्किल्ड’ भन्ने नाराका साथ अनलाइन पाठ्यक्रमहरु सुरु गरेको थियो। ग्लोकल आफ्टर स्कुलमा हालसम्म १० हजार बढी विद्यार्थी, विभिन्न कोर्सहरुमा भर्ना भएका छन् भने ६० भन्दा प्रशिक्षक अनवरत रुपमा सीपमूलक शिक्षा प्रदान गर्न ग्लोकलसँग आबद्ध छन्। 

ग्लोकल लगातार सीपमूलक शिक्षा वातावरण सिर्जना गर्न निरन्तर काम गरिरहेको छ र अनलाइन पाठ्यक्रमहरुमार्फत युवाको रुचिको विषय पहिचान गरी सीप विकास गर्न अवसरहरु प्रदान गरिरहको छ। इच्छुकले घरमै बसेर अनलाइनमार्फत पाठ्यक्रमअनुरुप विभिन्न विषयहरूमा ज्ञान हासिल गर्न सक्नेछन्। 

विजया दशमी, दीपावली र छठको शुभ अवसरमा आफ्टर स्कुलले रेकर्ड गरिएका पाठ्यक्रमहरुमा आवेदन खोलेको छ। जसमा रुचि राख्ने शिक्षार्थीका लागि रोचक अफरहरुको घोषणा गरेको छ। रेकर्ड गरिएका पाठ्यक्रमहरु उनीहरु आफ्नै गतिमा सिक्न सक्छन्। 

दसैँ दक्षिणामा सिकाइ भन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो। यो अफर नोभेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

अफरहरु यस प्रकार छन्– 

  • रेकर्ड कोर्सहरुमा १०% छुट
  • एक भाग्यशाली विजेता टर्की एयरलाइन्सका माध्यमबाट संसारमा कहीँ पनि एक निःशुल्क राउन्ड ट्रिप टिकट प्राप्त हुनेछ। (टी एन्ड सी लागू)
  • ईसेवामार्फत रजिस्ट्रर गर्ने २०० जनाका लागि २०% क्यासब्याकको सुविधा
  • एक भाग्यशाली व्यक्तिलाई सिद्धार्थ होटेलमा नाइट स्टे (टी एन्ड सी लागू)
  • एक भाग्यशाली व्यक्तिलाई कोजी होम बी एन्ड बीमा नाइट स्टे (टी एन्ड सी लागू)

ग्लोकलको एक महत्वकांक्षी योजना भनेको नेपालमा अनलाइन सीप विकासका लागि कार्य गर्न रहेको छ। यसअनुरुप ग्लोकल सहयोग तथा साझेदारीमा विश्वास गर्दछ। विभिन्न संस्थाहरु जोड्दै धेरैभन्दा धेरै मानिस शिक्षा तथा सेवा प्रदान गर्न अन्तर्राष्ट्रिय पाठ्यक्रमलगायत नेपाली प्रशिक्षकबाट पाठ्यक्रम ल्याएको छ। 

यसले नेपाली प्रशिक्षक र शिक्षार्थीहरुलाई एक साथ जोड्ने मञ्च सिर्जना गरेको छ। ग्लोकल अनुसन्धान, प्रशिक्षण र एक कुशल श्रमशक्ति निर्माणको माध्यमबाट उद्योग र शिक्षाको बिचको दूरी कम गर्न प्रेरित छ। ग्लोकलको मुख्य लक्ष्य भनेको नेपालमा कौशलताका लागि अनलाइन शिक्षा स्थापना गर्नु नै हो।