काठमाण्डौ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हीरो’, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो । यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ । आज ग्लोकल टीन हीरो नेपाल, २०२० को आवेदन खुलेको घोषणा गरिएको छ । यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अनलाईन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिनेछ ।
वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उद्धेश्य रहेको छ । यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो ।
नेपालबाट २०१५ मा सुरु भई, काठमाण्डौका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट एकजना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ७५ जनालाई सम्मानित गरिएको छ ।
डिसेम्बर १२ मा ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईननै सन्चालन हुनेछ ।
ग्लोकल प्रा ली का संस्थापक आशिष ठाकुर भन्छन्, “ महामारीको बीचमा, यस बर्षको ग्लोकल टीन हीरो कार्यक्रम डिजिटल भइरहेको छ । कार्यक्रमको गति राख्दै र डिजिटल प्रबिधी को उपयोग सगै किशोरकिशोरीहरुको प्रतिभा प्रस्फुट्न एवम उनीहरुको उपलब्धिहरू पहिचान गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरीहरुले https://nepal.glocalteenhero.com/ मार्फत आवेदन भर्न सक्ने छन ।
पहिलो चरणमा कुल आवेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ ।
अन्तिम स्क्रीनिंग र साक्षात्कार अनलाइन मार्फत हुनेछ र निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), राहुल चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहनेछन् ।
ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन घोषणा
ग्लोकलले सेप्टेम्बर १ कै दिन ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलनको पनि घोषणा गरेको छ । राष्ट्रिय विकासका बाधाहरु र संसारका विभिन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गर्न लागिएको हो । । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको अन्लाईन उपस्थिती रहनछ्रे । यसबर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण हुनेछ र देश तथा बिदेशका किशोर किशोरिहरुको एकै मन्चमा उपस्थित हुनेछन । उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोणमा प्यानल छलफल गरिनेछ । उक्त कार्यक्रम पनि अन्लाईन नै सन्चालन गरिनेछ र यस कार्यक्रमको आवेदन खोलिएको घोषणापनी पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको थियो ।
अनलाईन आवेदन https://gitc.glocalteenhero.com/ मार्फत निशुल्क भर्न सकिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago