काठमाण्डौ । आज ग्लोकल टिन हिरो नेपाल नवौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोर–किशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ।
ग्लोकल टिन हिरो किशोर–किशोरीलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो। यो किशोर–किशोरीलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरुलाई प्रोत्साहन गर्ने एउटा पहल हो। समाजमा रहेका प्रतिभाशाली किशोर–किशोरीको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ।
देशभरिबाट आएको ६८१ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रियामार्फत २०२३ का लागि उनीहरुले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरु र अन्तर्वार्ताको आधारमा ग्लोकल २०अन्डर२० चयन गरिएको छ।
२०अन्डर२० किशोर–किशोरीले संगीतकार, विज्ञान उत्साही, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्ता, विज्ञान उत्साही, बाल अधिकारकर्मी, लेखकजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।
यस वर्षका उत्कृष्ट किशोर–किशोरीको सूची
यसका साथै उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमा हुनेछ। चयन भएका युवाहरुको सम्मान ग्लोकल टिन हिरो २०२३ को सेप्टेम्बर १ मा हुने अवार्ड महोत्सव र सम्मेलनमार्फत हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19