काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले ‘ग्लोबल मनी विक-२०२२’ अन्तर्गत सेयर बजारसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
क्यापिटलले विभिन्न स्थानमा सेयर बजारसम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो। क्यापिटलले चैत ८ गते मंगलबार हेराल्ड कलेज काठमाण्डौका स्नातक तहअन्तर्गतका विद्यार्थीलाई इन्भेस्टमेन्ट बैंकिङ र लगानी व्यवस्थापनसम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो।
तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थी सहभागी रहेका थिए। तालिम कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए।
यसैगरी क्यापिटलले काठमाण्डौ उपत्यकाबाट नजिकै रहे पनि पहुँचका हिसाबबाट विकट रहेको ललितपुर जिल्लाको बागमती गाउँपालिका–५ इकुडोलस्थित जनजागृति उच्च माविका प्लस टुका विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरुलाई चैत ९ गतेका दिन १ दिने आधारभूत सेयर तालिम कार्यक्रम सम्पन्न गरेको छ।
ग्लोबल मनी विकका अवसरमा आयोजित कार्यक्रम जनजागृति उच्च माविको तालिम हलमा सम्पन्न गरिएको थियो। कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयको सहभागिता थियो। तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago