काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनी विक–२०२२ अन्तर्गत सेयर बजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पहिलोपटक इन्टर–कलेज फाइनान्सियल क्विज कम्पिटिस–२०२२ कार्यक्रम आयोजना गर्ने भएको छ।
क्यापिटलले काठमाण्डौ उपत्यकाभित्र रहेका १५ वटा बिजनेस कलेजहरुमा अध्ययनरत बीबीए तथा एमबीए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गर्ने तयारी भएको छ।
क्विज प्रतियोगिता यही चैत्र १२ गते शनिबार बिहान १० बजेबाट सिंहदरबार प्लाजा स्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुनेछ। यसक्रममा १५ वटा कलेजलाई ५–५ वटाका दरले तीन टिममा राखेर पहिलो राउन्डको प्रतियोगिता सञ्चालन गरिनेछ।
पहिलो राउन्डमा प्रथम तथा दोस्रो हुने २–२ वटा कलेजहरुलाई फाइनल राउण्डमा लिएर जानेछ र फाइनलमा ६ वटा टोलीबीच प्रतियोगिता सञ्चालन गरिनेछ।
प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. २० हजारबराबरको प्रभु सेलेक्ट फन्डको युनिट प्रदान गरिनेछ।
यसैगरी दोस्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. १० हजारबराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ।
तेस्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. ५ हजारबराबरको प्रभु सेलेक्ट फन्डको युनिट प्रदान गरिनेछ। यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिनेछ।
प्रतियोगितामा नेपालको बैंकिङ तथा वित्तीय संस्था तथा यसको नियामक निकाय नेपाल राष्ट्र बैंक, वर्तमान वित्तिय प्रणाली, अर्थतन्त्र र बजेट, पुँजी बजार, बीमा, लगानी व्यवस्थापन, वर्तमान समयमा वित्त सम्बन्धी जल्दाबल्दा विषयहरुका साथै मर्चेन्ट बैंकिङ, रेटिङ, नेप्से तथा नेपाली पुँजीबजारका विभिन्न सहभागीहरुका बारेमा प्रश्नोत्तरका माध्यमबाट सहभागी प्रतियोगी विद्यार्थीहरुका साथै प्रतियोगिता हेर्ने अन्य विद्यार्थीहरुमा वित्तीय साक्षरता अभिवृद्धि हुने लक्ष्य राखिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago