काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यी थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२० पुगेको छ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. १ अमादिंग गोरथलीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा सांगे शेर्पा र झापा जिल्लाको मेची नगरनगरपालिका वडा नं. १५ ज्यामिरगढीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा तीर्थराज काफ्लेलाई नियुक्त गरिएको छ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन्।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको उल्लेख गरेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago