काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले देशका विभिन्न तीन स्थानमा तीन शाखाररहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। 

बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरिया र गुल्मीको अर्जेमानयाँमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी तीनसहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२५ पुगेको छ।

नवसञ्चालित शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रुपमा पाल्पाको रैनादवी छहरागाउँपालिका–८ सत्यवतीमा स्थानीय छवि सरा सिंजाली, रौतहटको  कटहरिया नगरपालिका–५ कटहरियामा स्थानीय महमद जलालुदीन हकर र गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा स्थानीय भरत पराजुलीलाई नियुक्त गरिएका छन्।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल र एटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन्। 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो। बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जालसहित २३४ एटीएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउण्टर, २२५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।