काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको बारपाक सुलिकोट गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपालनका लागि कर्जा प्रवाह गर्ने भएको छ।

कर्जा दिने सम्बन्धमा ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको बारपाक शाखा प्रबन्धक प्रदीप गुरुङ तथा सुपरभाइजर तेजबहादुर थापाले हस्ताक्षर गरेका छन्। 

समझदारीअनुसार बैंकले आवश्यक प्रक्रिया पूरा गरेका कृषकलाई परियोजनाको विशलेषणगरी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ। कृषिको व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि ग्लोबल आइएमई बंैकडले स्थानीय निकायहरुसँगको सहकार्यमा विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएको छ। 

मुलुकको कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता छन्। कृषि कर्जामा बैंकको सहजीकरणलले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय निकायहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।