काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यीसँगै अब बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २४१ पुगेको छ।

बैंकको राजापुर बजारस्थित शाखारहित बैंकिङ सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्णकुमार रेग्मीले संयुक्त रुमा गरेका छन्। उक्त शाखारहित बैंकिङ सेवाको संस्थागत प्रतिनिधिका रुपमा पौडेल टे«डर्सलाई नियुक्त गरिएको छ। 

यसैगरी लेखनीको शाखारहित बैंकिङ सेवाको उद्घाटन बाग्लुङ चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले गरेका छन्। उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा योगनाथ कँडेललाई नियुक्त गरिएको छ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, एनटीसी, सीडीएमए र डिस होमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन्। 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको जनाएको छ।