काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधीन नागरिक केयर सेन्टरको भवन निर्माणका लागि २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।

बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ विराटनगरमा आयोजित कार्यक्रमबीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार शारडालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंकले सेन्टरको भवन निर्माणका लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए। 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २४१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।