काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक र कर्मचारीले अब सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा सेवा लिँदा छुट पाउने भएका छन्। 

यस विषयमा भएको समझदारीपत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस ग्रुपका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवं डेबिट/क्रेडिट/प्रिभिलेज कार्डबाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा उपलब्ध  आवास तथा खाना÷पेय पदार्थमा १०% सम्म छुट पाउने छन्। 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ। 

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा बैंकको २६८ शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।