काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापाको भद्रपुर नगरपालिका–५ भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७३ पुगेको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २७३ शाखा सञ्जाल सहित २४२ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २५७ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।