काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ।
बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन्। कार्यक्रममा सापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढंगबाट नगदरहित कारोबार गर्नमा सहयोग गर्ने बताए।
यसैगरी बैंकको गाईघाट शाखाका प्रबन्धक रविनराज दाहालले क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९ को संक्रमणको जोखिम न्युनीकरण हुने बताए। बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीलाई क्यूआर हस्तान्तरण गरेको छ।
बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago