काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ। 

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो। यस विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम रु. १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैंकिङ तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष सतप्रतिशत छुट प्रदान गरिनेछ। 

बैंकले कोरोना (कोभिड–१९) ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवं सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेस गरेको ३ कार्य दिनभित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ।

ग्राहकले नेपालभरि ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन्। सीमित अवधिका लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबैलाई बैंकले अनुरोध गरेको छ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले बर्सेनि यस्तो सरल तथा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ।