काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
ग्लोबल आइएमई बैंक तथा तानसेन नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक वीरबहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने उद्यमशील कृषकलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजीकरणमा हेफर इन्टरनेसनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ।
मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago