काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एन्ड डी इनोभेटिभ सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर विणादेवी राई र इन्फीकेयर प्रालिका निर्देशक सविन मानन्धरले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले आर एन्ड डी इनोभेटिभ सोलुसन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेसामा आवद्ध व्यावसायिक कृषकहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आर एन्ड डी इनोभेटिभ सोलुसनले कृषक पहिचान तथा कृषकलाई आवश्यक तालिम प्रदान गर्नेछन्।
कर्जा नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कजाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाअनुसार ब्याज अनुदान प्रदान गरिने बैंकले जनाएको छ। कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यवस्थापन) तथा कार्डमार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फीकेयरले गर्नेछ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago