काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। 

बैंकको ४९औँ एक्सटेन्सन काउन्टरको उद्घाटन पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गरेका छन्।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।