काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने भएको छ।
यस सम्बन्धमा दुवै बैंकबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकलाई गैरकोषमा आधारित एलसी, बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङजस्ता सुविधाहरु उपलब्ध गराउने छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19