काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अबदेखि मुद्दति निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्नेछन्।
बैंकले आफ्ना मुद्दति निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दति निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हो। यसका लागि बैंकका मुद्दति निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ वा वेबसाइट www.globalonline.gibl.com.np मार्फत मुद्दति निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन्। सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ। यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन।
यस योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दति निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन्।
ग्लोबल आइएमई बैंक डिजिटल प्रणालीमार्फत आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन सदैव तत्पर रहिआएको छ।
बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19