काठमाण्डौ । ग्लोबल आइएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकलाई क्यूआर सुविधा सुचारु गर्नका लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि)सँग सम्झौता गरेको छ।
उक्त सम्झौताअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भारतमा आफ्ना ग्राहकलाई सामान खरिद गर्दा क्यूआरमार्फत भारतपे, पेटीएम, गुगलपेलगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिनेछ। उक्त सुविधा प्रदान गर्नका लागि सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकलेको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन्।
सेवा सञ्चालनमा आएपश्चात यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ। अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै भारतपे, पेटीएम, गुगलपे आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्टमार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ। यसका साथै बैंकका ग्राहकले पनि भारतीय व्यापारीलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।
त्यसैगरी ग्राहकले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन्। यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिनेछ।
सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आइएमई बैंकले सदैव अग्रसर रहिआएकोे छ।
ग्लोबल आइएमई बैंकले मुलुकभर २८९ शाखा, २५४ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19