काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड वा बंैकको परिचयपत्र पेस गर्नुपर्नेछ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गरी समयसापेक्षताअनुरुप ग्राहकलाई लावान्भित गर्दै आएको छ।
मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago