काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजका अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ।
यो क्यासब्याक योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म) एक पटक क्यासब्याक पाइनेछ।
ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलालाई ग्राह्यता दिने भएको हो। बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाले ग्लोबल स्मार्ट प्लस ए्यापको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन्।
मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समयसापेक्षताअनुसार यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ।
मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago