काठमाण्डौ । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताले यो दसैँमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन्।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज ( एससीटी ) सँगको सहकार्यमा यसपालिको दसैँका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित ‘ एससीटी तथा यूपीआई कार्डको दमदार दसैँ धमाका थ्री–डी अफर’ अन्तर्गत ग्राहकले क्यासब्याक प्राप्त गर्नेछन्। 

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो। जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पीओएस) टर्मिनलहरुमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकले ३३.३३ प्रतिशत अर्थात रु. १ हजार (अधिकतम) सम्म क्यासब्याक पाउनेछन्। 

यस योजनापश्चात एससीटी कार्ड होल्डर ग्राहकलाई एससीटी कार्डमार्फत गरिने ग्राहकको विश्वास बढाउन सकिने बैंकले जनाएको छ। 

असोज १ गतेदेखि दसैँभर चल्ने यो योजनामा कम्तीमा ३ वटा पस (पीओएस) कारोबार गर्ने कार्ड होल्डरलाई रु. ५०० तथा कम्तीमा ६ वटा पस (पीओएस) कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई रु. १ हजार क्यासब्याक प्रदान गरिनेछ। क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रु. ५०० को हुनुपर्नेछ। जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ। 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ। 

मुलुकका सतहत्तरै जिल्लामा २९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।